काठमाडौं। ग्लोबल आइएमई बैंकले अटो कर्जाअन्तर्गत विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्न न्यूनतम् ब्याजदरमा ‘ग्रिन ड्राइभ’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारीसाधन खरीद गर्दा ९ दशमलव ४९ प्रतिशतदेखि ९ दशमलव ९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइने बताइएको छ ।
कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९ दशमलव ४९ प्रतिशत र ५ वर्षभन्दा बढीको लागि स्थिर ९ दशमलव ९९ प्रतिशत ब्याजदर रहेको बैंकले जानकारी दिएको छ । यो योजनाले विद्युतीय सवारीसाधनको प्रयोग गर्ने मनस्थिति भएका ग्राहकले लाभ लिर्ने विश्वास बैंकको छ ।