काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले फागुनको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले माघको तुलनामा फागुनमा सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ९९ करोड ८ लाख लगानी गरेकोमा फागुन मसान्तमा रू. १ अर्ब १ करोडभन्दा बढी पुर्याएको छ ।
फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ८० पैसा रहेकोमा फागुन मसान्तमा बढेर १२ रुपैयाँ २१ पैसा पुगेको छ ।
त्यस्तै फण्डले फागुन मसान्तमा रू. २१ करोड ९१ लाखभन्दा बढी नाफा कमाएको छ । यो नाफा माघ मसान्तको तुलनामा २३ दशमलव ६४ प्रतिशत वृद्धि हो । माघ मसान्तमा फण्डले रू.१७ करोड ७२ लाख नाफा कमाएको थियो ।
फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको कुल आम्दानी रू. १९ करोड ५ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. २३ करोड ४२ लाख पुगेको छ ।