काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (ग्लोबल आइएमई बैंक लि. को सहायक कम्पनी)ले विभिन्न पदमा कर्मचारीहरू माग गरेको छ ।
लघुवित्तले आइतवार ए सूचना जारी गर्दै ग्रामीण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्नको लागि स्थायी रुपमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य उमेदवारहरूबाट निवेदन माग गरेको छ ।
इच्छुक योग्य उम्मेदवारहरूले हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरूको प्रतिलिपि सहित विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्रमा निवेदन दिन भनिएको छ ।
वित्तीय संस्थाको website: www.gilb.com.np 1 को Career मा गई आवेदन दिन सकिने छ। छनौट सूचीमा परेका उम्मेदवारहरूलाई टेलिफोन, एसएमएस वा इमेल मार्फत जानकारी गराइने सूचनामा उल्लेख छ ।
सूचना हेर्नुहोस्
