काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १५४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. २७ लाख ६ हजार नाफा कमाएकोमा चालू आवमा रू. ६८ लाख ९२ हजार पुर्याएको छ ।
चालू आवमा कम्पनीको सञ्चालन नाफा वृद्धि भएको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा १५४ प्रतिशत वृद्धि भएको छ । चालू आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ७९ रहेकोमा चालू आवमा बढेर रू. ४ दशमलव ५५ पुगेको छ ।
चुक्तापूँजी रू. १५ करोड १५ लाख रहेको कम्पनीले चालू आवमा जगेडामा रू. ३ करोड ६ लाख र रिटेण्ड अर्निङमा ३ करोड ५२ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. १ अर्ब ५५ करोड सापटी र रू. ५६ करोड ९६ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब २७ करोडभन्दा बढी कर्जा लगानी गरेको छ।
कम्पनीको वितरणयोग्य नाफा रू. ५३ लाख ७६ हजार रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ४७ र तरलता अनुपात ३ दशमलव २४ प्रतिशत रहेको छ ।