काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारसम्बन्धी कार्यहरू गर्नका लागि पुनः एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले वैशाख २५ गतेदेखि लागू हुने गरी पुनः एक वर्षसम्मका लागि शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको हो । कम्पनीको धितोपत्रसम्बन्धी सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटलले गर्नेछ ।