काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । गत वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत जारी सूचनामा मङ्सिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको उल्लेख छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।