काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।