काठमाडौं। ग्रेस इन्टरनेशनलले ललितपुर कुमारीपाटीमा नयाँ शाखा शुरुआत गरेको छ । ग्रेसले १५औं शाखाका रूपमा उक्त शाखा सञ्चालनमा ल्याएको हो । ललितपुरमा बसोवास गर्ने र उच्चशिक्षाका लागि विदेश जान चाहाने विद्यार्थीको सहजताका लागि कुमारीपाटीमा शाखा सञ्चालनमा ल्याएको ग्रेसका संस्थापक निर्देशक एण्ड्रयु पौडेलले जानकारी दिए ।
ग्रेसले उच्चशिक्षा अध्ययनका लागि अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत लगायतका देशमा विद्यार्थी पठाउँदै आएको छ । विद्यार्थीको विश्वास, उनीहरूसँगको समन्वय र प्रभावकारी परामर्शकै कारण १७औं वर्षसम्म सफलतापूर्वक सेवा दिन सफल रहेको निर्देशक पौडेलले बताए ।