काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ४ लाख २५ हजार १५६ दशमलव ६७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा आवेदन पेस गर्नुपर्ने छ ।
विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।