ललितपुर । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि. ले महिलाहरूको वित्तीय जानकारी अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
ललितपुर महानगरपालिका वडा नं.२ मा अवस्थित महिलाहरूको लागि बचत तथा लगानी, बजेट निर्माण एवं पारिवारिक खर्च व्यवस्थापन, डिजिटल बैंकिङ, विप्रेषण सेवा, शेयर कारोबार र सि–आस्वा, लघु उद्यम तथा व्यवसाय, बैंकिङ कर्जा, बैँक खाता, बिमा लगायत सम्बन्धमा जानकारी दिइएको लिमिटेडले बताएको छ ।
कार्यक्रममा नेशनल इन्स्टिच्युट फर करियर डेभलपमेन्टका तर्फबाट प्रतिनिधि, संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री तोयराज अधिकारी, सहायक महाप्रबन्धक अर्चना प्रधान तथा कर्मचारीहरूको उपस्थिति थियो । संस्थाले मुलुकभर २३ ओटा शाखा कार्यालयहरू, ४ ओटा विस्तारित काउण्टरहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, लकर सेवा, डिम्याट खाता, मोबाइल बैंकिङ सेवाहरू जस्ता आधुनिक बैंकिङ सेवाहरू समेत प्रदान गर्दै आइरहेको छ।