काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को २३ औं वार्षिक साधारण सभा आइतवार ललितपुरमा सम्पन्न भएको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरे ।
हाल संस्थाको कुल निक्षेप रु. ८ अर्ब ३५ करोड र कर्जा रु. ५ अर्ब ८४ करोड रहेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
संस्थाले हाल चिप बेस्ड डेभिड कार्ड, एसएमएस अलर्ट, ई–बैंकिङ, मोबाइल बैंकिङ, सेफ डिपोजिट लकर, विप्रेषणलगायतका सेवा दिँदै आएको जनाएको छ । फाइनान्सले व्यक्तिगत खातामा रु. ५ लाखसम्मको निक्षेप बीमाको समेतको व्यवस्था गरेको छ ।
राष्ट्रियस्तरको यस वित्तीय संस्थाले राज्यभर २३ ओटा शाखा कार्यालयहरू र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
कारोबार विस्तारको लागि निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।