काठमाडौं। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले धनुषाको महेन्द्रनगर–७ स्थित गंगोत्तरी उच्च माध्यमिक इङ्लिस बोर्डिङ स्कुलमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा विद्यार्थीको वित्तीय जानकारी अभिवृद्धिका लागि डिजिटल बैंकिङ, विप्रेषण सेवा, शेयर कारोबारसम्बन्धी जानकारी र सि–आस्बा, बैंकिङ कर्जा, बैंक खाता, बीमा लगायत विषयमा जानकारी दिइएको थियो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।
कार्यक्रममा स्कुलका प्रिन्सिपल गणेशकुमार साह, यस संस्थाको महेन्द्रनगर शाखाका प्रबन्धक संजोग शर्मा तथा कर्मचारीहरूको उपस्थिति थियो । संस्थाले २३ शाखा कार्यालय, ४ विस्तारित काउण्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थाले ग्राहकको आवश्यकतालाई ध्यानमा राखी एटीएम सेवा, सेफ डिपोजिट लकर सेवा, डिम्याट खाता, मोबाइल बैंकिङ सेवा जस्ता आधुनिक बैंकिङ सेवा समेत प्रदान गर्दै आएको बताइएको छ ।