काठमाडौं। ज्योति विकास बैंकले निव मनी ट्रान्सफर प्रालिसँग सहकार्यका लागि सम्झौता गरेको छ । यो सहकार्यको लक्ष्य ग्राहकलाई सुगम र प्रभावकारी रेमिट्यान्स सेवा प्रदान गर्नु रहेको बताइएको छ । यस सम्झौताअन्तर्गत विदेशबाट निव मनी ट्रान्सफरमार्फत पठाइएको रेमिट्यान्स रकम ग्राहकले अब ज्योति विकास बैंकका विभिन्न शाखामार्फत सजिलै प्राप्त गर्न सक्ने बताइएको छ । यो सहकार्यले रेमिट्यान्समा निर्भर रहने व्यक्ति र परिवारलाई छिटो, सुरक्षित र सहज वित्तीय सेवा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
निवसँगको सहकार्यले बैंकको वित्तीय समावेशिता प्रवर्द्धन गर्न र वित्तीय समाधानका लागि विश्वसनीय साझेदारको रूपमा यसको स्थानलाई सुदृढ गर्ने बैंकको प्रतिबद्धता प्रदर्शन गरेको बताइएको छ । बैंकले आफ्ना ग्राहकको सहजताको लागि विभिन्न संस्थासँग सहकार्य गर्दै आएको छ । साथै, डिजिटलाइजेसन सेवालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै बैंकले ग्राहकलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्न डिजिटल बैंकिङ प्लेटफर्मलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको बताइएको छ ।