काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित ‘ई–रिभल्भिङ इण्डियन कुजिन रेष्टुरेन्ट’मा बैंकका ग्राहकलाई १० प्रतिशतसम्मको छूट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका ग्राहकले उक्त रेस्टुराँमा १० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।
बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्य गर्दै ग्राहकलाई छूट तथा सुविधा प्रदान गर्दै आएको छ ।
बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले प्रदान गरेका ५१ ओटा बेबी वार्मर उपकरणमार्फत हरेक वर्ष करीब १८८७ भन्दाबढी नेपाली शिशुको अमूल्य जीवन रक्षामा सहयोग पुगेको अपेक्षा गरिएको छ ।
बैंकले हाल उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।