काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (बुधवार) रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत २३ गते बुक क्लोज गरेकाले आज अर्थात चैत २२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १३ दशमलव २७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले २०८० बैशाख ६ गते साधारण सभा आयोजना गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय राज भवन ,तिनकुने काठमाडौंमा भिडियो कन्फ्रेन्सको माध्यमबाट बिहान १०ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।