राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले हाईटार-सितलपाटी ४०० के.भी. प्रसारण लाइन निर्माणको लागि निजी प्रवर्द्धनसँग सहकार्य गर्न आशय पत्र माग गरेको छ । स्वपुँजी लगानी सहित साझेदारीमा संलग्न हुन इच्छुक भएमा सो को आशय पत्र १५ (पन्ध्र) दिन भित्र पेस गर्नुहुन सूचना प्रकाशित गरेको छ ।
'प्रसारण लाइन निर्माण र सञ्चालनमा विविधिकरण गर्ने उद्देश्यले निजी प्रवर्द्धनसँग सहकार्य गर्न लागेको छ। कम्पनीले माथिल्लो अरुण नदी र सहायक नदी करिडोरमा अवस्थित जलविद्युत आयोजनाहरूको लागि साझा प्रसारण लाइन निर्माण गर्नुपर्ने बताएको छ ।
सो नदी करिडोरमा लाइसेन्स लिई विद्युत उत्पादनको प्रक्रियामा रहेका र हाईटार-सितलपाटी ४०० के.भी. प्रसारण लाइन मार्फत विद्युत प्रवाह गर्ने योजनामा रहेका विद्युत उत्पादक आयोजनालाई सो प्रसारण लाइन निर्माणको लागि स्वपुँजी लगानी सहित साझेदारीमा संलग्न हुन इच्छुक भएमा सो को आशय पत्र पेश गर्न भनेको छ ।