काठमाडौं । हिमालयन ८०–२० ले मंसिर मसान्तसम्म १२ करोड ४६ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । कात्तिक मसान्तसम्मको तुलनामा भने योजनाको नाफा घटेको हो । कात्तिक मसान्तसम्म योजनाले १६ करोड ४७ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो । मंसिरमा योजनाको आम्दानी घटेको र खर्च बढेकाले नाफामा असर परेको हो ।
कात्तिक मसान्तसम्म १७ करोड २५ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको योजनाले मंसिर मसान्तसम्म १३ करोड ४२ लाख रुपैयाँभन्दा बढी मात्र जम्मा आम्दानी गरेको हो । कात्तिक मसान्तसम्म ७८ लाख ५७ हजार रुपैयाँ खर्च गरेको योजनाले मंसिर मसान्तसम्म ९६ लाख ६५ हजार रुपैयाँभन्दा बढी खर्च गरेको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो । मंसिर मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ७४ पैसा कायम छ । कात्तिक मसान्तसम्म यो मूल्य १२ रुपैयाँ १४ पैसा थियो ।
धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ सञ्चालित यस योजनाले मंसिर मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य १ अर्ब ३ करोड रुपैयाँभन्दा बढी छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । धितोपत्रमा गरेको लगानी र बैंक मुद्दती निक्षेपमा भएको लगानीसहित योजनाको कुल लगानी बजारमूल्य भने १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी छ ।