काठमाडौं । माघ मसान्तसम्म हिमालयन ८०–२० ले १४ करोड ९१ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । पुस मसान्तसम्मको तुलनामा योजनाको नाफा बढेको हो ।
पुस मसान्तसम्म योजनाले १० करोड रुपैयाँभन्दा बढी नाफा गरेको थियो । माघमा योजनाको आम्दानी बढेकाले नाफा बढेको हो । पुस मसान्तसम्म ११ करोड १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले माघ मसान्तसम्म १६ करोड २३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।
खर्च भने पुस मसान्तसम्म १ करोड १३ लाख रुपैयाँभन्दा बढी रहेकोमा माघ मसान्तसम्म भने १ करोड ३१ लाख रुपैयाँभन्दा बढी खर्च भएको हो । पुसको तुलनामा माघमा योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य पनि बढेको छ । पुस मसान्तसम्म ११ रुपैयाँ ४९ पैसा रहेको प्रतिइकाई खुद सम्पत्ति मूल्य माघ मसान्तसम्म भने ११ रुपैयाँ ९८ पैसा कायम भएको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले माघ मसान्तसम्म १ अर्ब २ करोड ९ लाख रुपैयाँभन्दा बढी धितोपत्र तथा मुद्दती निक्षेपमा लगानी गरेको छ । योजनाले गरेको लगानीको बजार मूल्य भने १ अर्ब ११ करोड ४८ लाख रुपैयाँभन्दा बढी रहेको छ । माघ मसान्तसम्म योजनाले बैंक मुद्दती निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । यस योजना सञ्चालनका लागि १० करोड इकाई जारी भएको थियो ।