काठमाडौं । हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०-२० ले पुस मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले मङ्सिरको तुलनामा पुसमा सूचीकृत धितोपत्रमा लगानी बढाएको छ ।
मङ्सिर मसान्तमा सूचीकृत धितोत्रपमा रू. ८ करोड ५९ लाख लगानी गरेकोमा पुस मसान्तमा बढाएर रू. २९ करोड ५० लाख पुर्याइएको हो । त्यस्तै यो फण्डको न्याभ पनि मङ्सिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । मङ्सिर मसान्तमा फण्डको न्याभ १० रुपैयाँ १४ पैसा रहेकोमा पुस मसान्तमा १० रुपैयाँ ५६ पैसा पुगेको हो ।
यो फण्डले पुस मसान्तसम्ममा रू. ५ करोड ५९ लाख नाफा कमाएको छ । मङ्सिर मसान्तमा भने फण्डले रू. १ करोड ४२ लाख नाफा कमाएको थियो । यस आधारमा फण्डको नाफामा उल्लेख्य वृद्धि भएको छ ।
पुस मसान्तमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । मङ्सिर मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २ करोड १५ लाख रहेकोमा पुस मसान्तमा बढेर रू. ६ करोड ६६ लाख पुगेको छ ।