काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रम कम्पनीको मुख्य कार्यालय, काठमाडौंमा भएको हो ।
उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित, सेवाग्राही गरेर ३३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममा निरन्तर सक्रियता रहने कम्पनी जानकारी दिएको छ । उक्त अवसरमा सहभागी सबै रक्तदातालाई धन्यवादस्वरूप प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।