काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर–नेपाल’ अवार्ड प्राप्त गरेको छ । कम्पनीका डेपुटी जनरल म्यानेजर सञ्जय अर्यालले यी अवार्डले संस्थालाई नयाँ मापदण्ड बनाउन र सेवाग्राहीलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न प्रेरित गरेको बताए ।
यी दुवै अन्तरराष्ट्रिय अवार्डले डिजिटल सेवा र वित्तीय समावेशीकरणलाई प्रवद्र्घन गर्न संस्थाले निर्वाह गरेको मुख्य भूमिकालाई उजागर गरेको कम्पनीको दाबी छ । यी उपलब्धिले बीमा उद्योगमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नेतृत्व, नवप्रवर्तन र उत्कृष्टताप्रतिको समर्पणलाई बलियो बनाएको कम्पनीले बताएको छ ।