काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटललाई पुन: नियुक्त गर्ने भएको छ ।
हिमालयन क्यापिटलसँग शेयर रजिष्ट्रारसम्बन्धी सम्झौताको अवधि यही असार ३१ गते समाप्त हुने भएकाले साउन १ गतेदेखि लागू हुने गरी पुन: नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।
अब कम्पनीको सम्पूर्ण शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, शेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्य हिमालयन क्यापिटलले गर्नेछ ।
कम्पनीले थप ३ वर्षका लागि यस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।