काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका छन् ।
यी दुवै कम्पनीले पुस २९ गते साधारण सभा बोलाएका हुन् । दोर्दी खोलाको साधारण सभा हिमशिखर पार्टी भेन्यू, चापागाउँमा बिहान साढे ८ बजे शुरु हुनेछ भने राप्ती हाइड्रोको सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा दिउँसो साढे २ बजे शुरु हुनेछ ।
दोर्दी खोलाको सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, राप्ती हाइड्रोको सभाले पनि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ यी दुवै कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने भएका छन् । यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।