काठमाडौं । होण्डाले नयाँ बाइक ‘एनएक्स–२००’ नेपाली बजारमा भित्र्याएको छ । यो बाइकलाई सिटी राइडिङ र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त रहेको बताइएको छ ।
यसको ‘अप–राइट पोजिशन’ र टायरको ‘टफ ट्रेड प्याटर्न’ले आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । ‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्नेगरी चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु यसको विशेषता भएको बताइएको छ ।
१० वर्षसम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङमा उपलब्ध यसको शुरुआती विक्री मूल्य ४ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।