काठमाडौं। हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई हाईवे एस्सुरेन्स : केयर फ्री राइड टु होम’ सञ्चालन गर्ने भएको छ । दशैं, तिहार र छठ पर्व मनाउन घर जाने हुन्डाईका ग्राहकको सुरक्षित र झन्झटरहित यात्रा सुनिश्चित गर्न असोज २२ देखि २५ सम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म यो सेवा उपलब्ध गराइने भएको हो । यस अभियानअन्तर्गत मुख्य राजमार्गका प्रमुख स्थानमा नि:शुल्क सवारी जाँच सेवा उपलब्ध गराइने भएको हो ।
कम्पनीले दक्ष प्राविधिकसहित ९ प्रमुख स्थान (हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, गजुरी, भरतपुर, बुटवल, बाँके र कैलाली)मा चेकअप पोइन्ट स्थापना गरेको बताइएको छ । कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेन्ट र कुलेन्ट आवश्यक मात्रामा नि:शुल्क प्रदान गर्ने बताइएको छ । विद्युतीय सवारीसाधनका लागि पोर्टेबल डीसी चार्जर पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले सन् २०१४ देखि नियमित रूपमा यो अभियान सञ्चालन गर्दै आएको बताइएको छ । कम्पनीले यस अभियानलाई विक्रीपछिको सेवाप्रतिको प्रतिबद्धता र समर्पणको प्रमाण भनेको छ ।