काठमाडौं। आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा विभिन्न कार्यक्रम गरेको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्वन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ ।
कम्पनीले आइतवार महोत्तरीको पिपरास्थित रामनारायण अयोध्या उच्च माविमा प्लस टु तहमा अध्ययनरत विद्यार्थी तथा शिक्षक/शिक्षिकाका लाई वित्तीय शिक्षा अभिवृद्धिका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पिपरा शाखाका प्रमुख सन्तोषकुमार ठाकुर, शाखाका कर्मचारी भगवान चौधरी, विद्यालयका अध्यक्ष लक्ष्मण मण्डल, सहायक प्रधानाध्यापक सुजयकुमार राय लगायत अध्ययनरत विद्यार्थी तथा शिक्षक, शिक्षिकाको उपस्थिति थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल, वरिष्ठ प्रबन्धक अजय घिमिरे र अधिकृत रामनारायण तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमले पूँजीबजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।