साक्षरता दर बढाउन सहयोग गर्ने स्वयम्सेवी हुन् या अन्य, जोकोहीलाई पनि आर्थिक रूपले प्रोत्साहन दिनु राम्रै हो । तर, प्रोत्साहन रकम साक्षरता दर वृद्धि गर्ने सहायक तत्त्व मात्रै हो । मूल कुरा त कार्यविधि नै साक्षरता वृद्धिको आधार हो । कार्यविधि सही भएन भने कार्यक्रम जति राम्रो भए पनि त्यसले अपेक्षित प्रतिफल दिन सक्दैन ।
नेपालको सन्दर्भमा साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्दा उपयुक्त विधि नअपनाइएकै कारण लक्ष्यअनुरूपको सफलता हासिल गर्न सकिएको छैन । सरकारले सन् २०१५ सम्ममा करीब ४० लाख निरक्षरलाई साक्षर बनाउन सबैलाई आर्थिक प्रोत्साहन गर्ने भएको छ ।
(शिक्षाविद् तीर्थ खनियाँसँगको कुराकानीबाट) वर्ष ८, अंक ६८, सोमवार १० मङ्सिर, २०६९