काठमाडौं। ज्योति विकास बैंकका ग्राहकलाई स्काईवाक नेपालले २० प्रतिशतसम्म छूट दिने भएको छ । छूटसम्बन्धी सम्झौतापत्रमा बैंकका मार्केटिङ तथा ब्रान्डिङ विभागका प्रमुख कुशलजंग अधिकारी तथा स्काईवाकका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरेका छन् । बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायसँग पनि निरन्तर सहकार्य गर्दै आएको बताइएको छ ।
बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको बताएको छ । ‘स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो,’ को मान्यतालाई शिरोधार्य बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षाका लागि विभिन्न स्वास्थ्य संस्थामा ४७ ओटा बेबी वार्मर उपकरण सहयोग गरी हरेक वर्ष करीब १ हजार ७०० भन्दा बढी शिशुको जीवन रक्षामा सहयोग गरेको बताइएको छ ।