काठमाडौं । हुन्डाईको ‘सान्टा फे’ले ‘कार अफ द इयर– २०२५’ को उपाधि जितेको छ । अन्तर्राष्ट्रिय बजारमा हालै ‘लन्च’ भएको उक्त कारले कारवाउ अवार्डस्मा उक्त अवार्ड पाएको हो ।
हुन्डाईको एसयुभीले फ्यामिली भ्याल्यूज अवार्ड जितेको छ । त्यस्तै, हुन्डाईको इलेक्ट्रिक कार ‘आइओएनआइक्यु ५ एन’ले टेक ट्रेलब्लेजर अवार्ड जितेको छ ।
अवार्डस्मा हुन्डाईलाई ब्रान्ड अफ द इयरको रूपमा सम्मानितसमेत गरिएको छ ।
कारवाउ अवार्डस्को निर्णय यसको इडिटर टिमले गर्छ । उक्त टिमले हरेक वर्ष सयौं कारहरूको मूल्य, प्रदर्शन, इन्धन बचत, आरामदायिकता र व्यवहारिकताका आधारमा उत्कृष्ट कारहरू चयन गर्ने गरेको छ ।