काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक ई–नेट पेमेन्ट प्रालिको अनुमति खारेज गरेको छ ।
राष्ट्र बैंकले सोमवार (आज) जारी गरेको सूचनामा कम्पनीले निर्देशन पालना नगरेको भन्दै अनुमति खारेज गरेको हो । कम्पनीले २०७६ फागुन २१ गते भुक्तानी सेवा प्रदायकको रूपमा अनुमति पाएको थियो ।
सूचनामा 'भुक्तानी तथा फर्च्छौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फर्च्छौट विनियमावली, २०७७ (संशोधनसहित)को विनियम ३५ को १ (ग) को व्यवस्था बमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको मितिले ३१ औं दिनदेखि लागू हुने गरी खारेज गरिएको' उल्लेख छ ।
हेर्नुस् सूचना