काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनी दोस्रो त्रैमाससम्ममा रू. १३ करोड ५१ लाख घाटामा रहेको छ । गत आवको यसै अवधिमा भने कम्पनीले रू. २ करोड ८४ लाख नाफामा थियो । चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले घाटामा रहेको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. ४ करोड ३५ लाख रहेकोमा चालू आवमा बढेर रू. २७ करोड ७ लाख पुगेको छ ।
कम्पनी घाटामा रहेसँगै प्रतिशेयर आम्दानी ५३ रुपैयाँ १ पैसा ऋणात्मक छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १७ पैसा थियो । कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ७ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. १२ करोड ६५ लाख रहेकोमा चालू आवमा घटेर रू. १३ करोड ५७ लाख पुगेको हो ।
चुक्तापूँजी रू. २५ करोड ५० लाख रहेको कम्पनीले रिटेन्ड अर्निङमा रू. ८ करोड २२ लाख र जगेडा कोषमा रू. ३० करोड ८५ लाख सञ्चिति गरेको छ ।