काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ हजार ७३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ ।
आवेदन कम्पनीको केन्द्रीय कार्यालय गैडाकोट, नवलपरासीमा पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।