काठमाडौं । एमएडब्ल्यू अर्थमुभर्स प्रालिले जेसीबी इन्डियासँगको सहकार्यमा ‘जेसीबी नेक्स्ट’ सिरिजका नवीनतम एक्साभेटर जेसीबी नेक्स्ट २२१ एलसी फ्युल मास्टर र जेसीबी नेक्स्ट २२५ एलसीएम ट्र्याक्ड एक्साभेटर सार्वजनिक गरेको छ ।
ललितपुरको झम्सिखेलस्थित द प्लाजामा गरिएको सार्वजनिक कार्यक्रममा मेसिनहरूको प्रदर्शनी र मेसिन खरीद गर्ने ११ जना ग्राहकलाई साँचो हस्तान्तरण गरिएको छ । कार्यक्रममा जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा एमडी दीपक शेट्टी र एमएडब्ल्यू अर्थमुभर्सका अध्यक्ष विष्णु अग्रवाल सहभागी भएका थिए ।
‘लिडर इन एक्साभेटर’ थिममा आधारित रहने सार्वजनिकीकरण कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन् मेसिनरी उत्पादन गर्ने जेसीबीको प्रतिबद्धतामा प्रकाश पार्ने बताइएको छ ।
जेसीबी नेक्स्ट २२१ एलसी फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन् कार्यमा प्रभावकारी कार्य गर्ने र जेसीबी जेसीबी नेक्स्ट २२५ एलसीएम ट्र्याक्ड एक्साभेटरले उत्पादकत्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधा प्रदान गर्ने बताइएको छ ।
यी उत्पादनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत् र शहरी विस्तार परियोजनामा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनालाई अगाडि बढाउन व्यापक सहयोग गर्ने अपेक्षा गरिएको छ ।