काठमाडौं । कास्कीको पोखरास्थित टेलनेट इन्टरनेट प्रालिको इन्टरनेट (इमेलसहित) सेवाको अनुमतिपत्र खारेज भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले बिहीवार (आज) सूचना प्रकाशित गरी कम्पनीको अनुमतिपत्र खारेज भएको जानकारी दिएको हो ।
उक्त कम्पनीले नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम यही फागुन १ गतेबाट अनुमतिपत्र स्वतः खारेज भएको सूचनामा उल्लेख छ ।
पोखरा महानगरपालिका–८, सिमलचौरमा रहेको उक्त कम्पनीले २०७१ फागुन १ गते इन्टरनेट (इमेलसहित) सेवाको अनुमतिपत्र पाएको थियो ।
साथै प्राधिकरणले उक्त कम्पनीलाई नियमानुसार तिर्न÷बुझाउनुपर्ने रकमका लागि ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न भनेको छ ।