काठमाडौं । एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरी दुई डेटा प्याक सञ्चालनमा ल्याएको छ । यी प्याकहरू ग्राहकलाई सधैं अन राख्न योगदान पुर्याउने कम्पनीको प्रतिबद्धता अनुरूप ल्याइएको बताइएको छ ।
करसहित रू. ९० शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत ग्राहकले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको फाइदा लिन सक्ने बताइएको छ । ग्राहकलाई डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्ने र यसले ग्राहक उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामार्फत सहजै सम्पर्कमा रहन सक्ने बताइएको छ ।
यो अफर छोटो अवधिको लागि विनाझन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताका लागि उपयुक्त विकल्प भएको बताइएको छ । ग्राहकले एनसेल एपमार्फत वा एष्ट्रिक्स१२३ एष्ट्रिक्स४ एष्ट्रिक्स१ एष्ट्रिक्स४ ह्यास डायल गरी यो ‘९० अनलिमिटेड’ प्याक लिन सक्ने बताइएको छ । यो प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमाविना निर्बाध रूपमा इन्टरनेट सेवा प्रदान गर्ने बताइएको छ ।
यस्तैगरी, ‘५० डेटा’ प्याकअन्तर्गत ग्राहकले १ दशमलव १ जीबी मोबाइल डेटा भोल्युम करसहित रू. ५० मा पाउन सक्ने बताइएको छ । यो डेटा तीन दिनसम्म मान्य रहन्छ । ग्राहकले एनसेल एपबाट वा एष्ट्रिक्स१२३ एष्ट्रिक्स४ एष्ट्रिक्स२ एष्ट्रिक्स१ ह्यास डायल गरेर सजिलै यो प्याक खरीद गर्न सक्नेछन् ।