काठमाडौं । भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी बिहीवार (आज)बाट शुरु भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्तरूपमा आयोजना गरेको प्रदर्शनीको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उद्घाटन गरे ।
प्रदर्शनीमा विभिन्न देशका ३ सयभन्दा बढी कम्पनीका १५० बढी स्टल छन् । प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सबडिलरहरू र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी दिने स्टल समेत रहेको मिडिया स्पेश सोलुसन्स प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए ।
उनकाअनुसार निर्माण क्षेत्रमा आएका नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी भइरहेको हो ।
प्रदर्शनीमा कन्स्ट्रक्शन मेटेरियल्स, कन्स्ट्रक्शन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसि प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर,बाथरुम फिटिङ्स, पाइप, टायल्स एण्ड स्यानिटरी वायर, रुफिङ, प्रि इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज लगायतका सामग्री छन् ।
प्रबन्ध निर्देशक भट्टराईका अनुसार प्रदर्शनी आगामी आइतवारसम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुनेछ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले जानकारी दिए । प्रदर्शनीमा ४५ हजार जनाले अवलोकन गर्ने उनको अनुमान छ ।