काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत संचालित आरविवि म्युचुअल फण्ड १ को प्रतिइकाई खुद मूल्य वैशाखको तुलनामा जेठमा बढेको छ । वैशाख मसान्तसम्म रू. ८ दशमलव ८२ रहेको कम्पनीको प्रतिइकाई खुद मूल्य जेठ मसान्तसम्म रू. ९ दशमलव ३९ कायम भएको हो ।
७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । जेठ मसान्तसम्म योजनको खुद सम्पत्ति रू. १ अर्ब १७ करोड ४२ लाखभन्दा बढी छ । जेठ मसान्तसम्म कम्पनी रू. ५ करोड २४ लाखभन्दा बढी नाफामा छ । वैशाख मसान्तसम्म योजना रू. १ करोड ८६ लाखभन्दा बढी नोक्सानीमा रहेको थियो ।
जेठ मसान्तसम्म योजनाको जम्मा आम्दानी रू. ७ करोड १० लाख छ । वैशाख मसान्तसम्म जम्मा आम्दानी रू. १९ लाख ४२ हजारभन्दा बढी ऋणात्मक थियो । आम्दानीमा सुधार आएसँगै योजना खुद नाफामा गएको हो ।
वैशाखको तुलनामा जेठमा योजनाको खर्च घटेको छ । वैशाख मसान्तसम्म रू. १ करोड ६७ लाखभन्दा बढी खर्च गरेको योजनाले जेठ मसान्तसम्म रू. १ करोड ८५ लाखभन्दा बढी खर्च गरेको हो । धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले जेठ मसान्तसम्म धितोपत्रमा रू. ९७ करोड ५ लाखभन्दा बढी लगानी गरेको छ ।
बैंक मुद्दती निक्षेपमा रू. १८ करोड ७५ लाख लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य भने रू. ७९ करोड ५२ लाखभन्दा बढी मात्र छ । योजनाले धितोपत्रमा गरेको कुल मूल्यभन्दा बजार मूल्य कम छ ।