काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको बानेश्वरस्थित ‘भेनस हस्पिटल’सँग छूटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतासँगै बैंकका ग्राहकले अस्पतालको बेड शुल्क, इन–हाउस परीक्षणको डायग्नोस्टिक जस्ता विभिन्न सेवामा १० प्रतिशतसम्मको छूट पाउने भएका हुन् । बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्य गर्दै, ग्राहकलाई विशेष छूट र सुविधा प्रदान गर्दै आएको बताइएको छ ।
बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको बताएको छ । बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न विभिन्न स्वास्थ्य संस्थालाई प्रदान गरिएका ४७ ओटा बेबी वार्मर उपकरणमार्फत हरेक वर्ष करीब १ हजार ७१५ भन्दा बढी शिशुको जीवन रक्षामा सहयोग पुगेको बैंकको भनाइ छ । बैंकले हाल १२१ शाखा, ३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।