काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको बुधवार (मंसिर २० गते) बसेको बैठकले ढकाललाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकले बुधवारदेखि लागू हुने गरी उनलाई नियुक्त गरेको हो । यसअघि ढकाल यस बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।