काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कालिका लघुवित्त वित्तीय संस्थाले ३ करोड २१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ९ दशमलव ८२ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३ करोड ५६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
सञ्चालन नाफा पनि ९ दशमलव ८२ प्रतिशत नै बढी भएको छ । गत वर्ष ५ करोड ८ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ४ करोड ५८ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ करोड ५२ लाख रुपैयाँभन्दा बढी छ ।
हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड २३ लाख २१ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ ४ करोड ७३ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने १९ करोड १५ लाख रुपैयाँभन्दा बढी छ ।
तेस्रो त्रैमाससम्म १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको निक्षेप संकलन साढे ४ प्रतिशत र कर्जा प्रवाह शून्य दशमलव ४९ प्रतिशत घटेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५० पैसा र प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ १८ पैसा छ ।