काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा बुधवार काठमाडौंमा सम्पन्न भएको छ ।
बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश (करसमेत) गरी कुल १२ प्रतिशत लाभांश पारित भएको छ ।
साथै, उक्त साधारण सभाबाट लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूची सर्वसम्मतिले पारित भएको छ ।
त्यसैगरी, सभाले १०० रुपैयाँ दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुने गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्राथमिक पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावसमेत पारित गरेको हो।
उक्त साधारण सभाले आव २०८१/८२ को लेखापरीक्षण नियुक्ति गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक बीआरएस न्यौपाने एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।