काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा लाल बहादुर थिङ नियुक्त भएका छन् ।
बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको उक्त पदमा थिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई ४ वर्षे कार्यकाल रहने गरी नियुक्त गर्ने निर्णय गरिएको बैंकले नेप्सेमार्फत जनाएको छ ।