काठमाडौं । कामना सेवा विकास बैंकले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सञ्चालक समिति बैठकले कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
अब कम्पनीको सम्पूर्ण धितोपत्रसम्बन्धी अभिलेख राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरू प्रभु क्यापिटलबाट हुनेछन् ।