काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको नाफा र प्रतिइकाई खुद सम्पत्ति मूल्य(न्याभ) असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा बढेको छ ।
फण्डको न्याभ असोज मसान्तमा १० रुपैयाँ ५३ पैसा रहेकोमा कात्तिक मसान्तमा बढेर १० रुपैयाँ ५४ पैसा पुगेको हो । त्यस्तै फण्डले असोज मसान्तमा रू. ३ करोड ७० लाख नाफा कमाएकोमा कात्तिक मसान्तमा बढेर रू. ३ करोड ७७ लाख पुगेको छ । कात्तिक मसान्तमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
असोज मसान्तमा फण्डको कुल आम्दानी रू. ४ करोड १५ लाख रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ४ करोड ३७ लाख पुगेको छ ।
त्यस्तै फण्डले सूचीकृत शेयरमा असोज मसान्तमा रू. २७ करोड ३९ लाख लगानी गरेकोमा कात्तिक मसान्तमा बढाएर रू. २७ करोड ८४ लाख पुर्याएको छ ।