काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट–३० ले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले असोजको तुलनामा कात्तिक महीनामा सूचीकृत शेयरमा लगानी बढाएको छ । असोज मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ८९ करोड ८ लाख लगानी गरेकोमा कात्तिक मसान्तमा बढाएर रू. ९१ करोड ३० लाख पु¥याएको हो ।
त्यस्तै यस फण्डले कात्तिक मसान्तसम्ममा रू. १७ करोड ३ लाख नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा ३ दशमलव २८ प्रतिशत कमि हो । सो अवधिमा फण्डले रू. १७ करोड ६१ लाख नाफा कमाएको थियो । कात्तिक महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी घटेकाले नाफा प्रभावित भएको हो ।
फण्डको खर्च असोज मसान्तमा रू. ७३ लाख ६१ लाख रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ९७ लाख २३ हजार पुगेको छ । त्यस्तै फण्डको कुल आम्दानी असोज मसान्तमा रू. १८ करोड ३४ लाख रहेकोमा कात्तिक मसान्तमा रू. १८ करोडमा सिमित भएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.