काठमाडौं । सोल्टी होटल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मङ्सिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्दैछ ।
यस आधारमा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
होटलले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित २६ दशमलव ८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
सो लाभांश प्रस्ताव पारित गर्न होटलले पुस ४ गते, नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी, काठमाडौँमा ५० औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।