काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ११ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको अधिकृत पूँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँबाट वृद्धि गरी २ अर्ब र जारी तथा चुक्तापूँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँबाट वृद्धि गरी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्न आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सर्वसाधारण शेयरधनी तर्फबाट ३ जना सञ्चालक निर्वाचन पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि मंसिर २३ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा मंसिर २० गते बिहिवारसम्म कायम शे यरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।