काठमाडौं । विशाल ग्रुप लिमिटेडको २४औं वार्षिक साधारण सभा पुस ५ गते हुने भएको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय का. म. न. पा वडा नं ११ थापाथली काठमाडौंमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले गत आवको सञ्चित मुनाफाबाट नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । साविक प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।