काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोल्टी होटल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले होटलको १० प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात होटलको शेयर मूल्य रू. ५१८ दशमलव १८ कायम भएको छ । नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस होटलको शेयर मूल्य समायोजन गरेको हो ।
बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५७० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर होटलकोे शेयर भोलि अर्थात बिहीवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।