काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले कात्तिक मसान्तमा रू.२६ करोड ६७ लाख नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा २ दशमलव ७१ प्रतिशत कमि हो । सो अवधिमा फण्डले रू. २७ करोड ४२ लाख नाफा कमाएको थियो । कात्तिक मसान्तमा फण्डको आम्दानी घटेकाले र खर्चमा वृद्धि भएकाले नाफा घटेको हो ।
असोज मसान्तमा फण्डको कुल खर्च रू. ८४ लाख ९४ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू. १ करोड ११ लाख भन्दा बढी पुगेको छ । त्यस्तै फण्डको कुलआम्दानी भने असोज मसान्तमा रू. २८ करोड २७ लाख रहेकोमा कात्तिक मसान्तमा घटेर रू. २७ करोड ७८ लाखमा सिमित भएको छ ।
नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य न्याभ पनि घटेको छ । असोज मसान्तमा फण्डको न्याभ १२ रुपैयाँ ११ पैसा रहेकोमा कात्तिक मसान्तमा १२ रुपैयाँ ६ पैसामा सिमित भएको छ ।
त्यस्तै फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ४६ करोड भन्दा बढी रहेको छ । यो लगानी असोज मसान्तसम्ममा भने रू. १ अर्ब ५१ करोड भन्दा बढी थियो । यस आधारमा फण्डले असोज महीनाको तुलनामा कात्तिकमा केही घटाएको छ ।